बुटवल । २ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।
२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।
यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।
कोच प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित खवर
उठ गाउँ– उठ सहर !
माइला लामाको ‘मेरी आमा’ सार्वजनिक
निशानको सामाजिक पञ्चेबाजा गीति सङ्ग्रह सार्वजनिक
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्