अखिल (क्रान्तिकारी) नवलपुरद्वारा रक्तदान

विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको स्मृतिमा

अखिल (क्रान्तिकारी) नवलपुरद्वारा रक्तदान

नवलपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले बुधबार जिल्लाको कावासोतीस्थित रेडक्रस भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको संघर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको स्मृतिमा संगठनले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

देशव्यापी रुपमा सिर्जना भएको रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम गरिएको संगठनले जनाएको छ ।  

रक्तदान कार्यक्रममा युवा संगठन नेपाल नवलपुर जिल्ला अध्यक्ष अविनास, अखिल (क्रान्तिकारी) नवलपुर जिल्ला अध्यक्ष श्रीराम बस्याल ‘स्वरूप’ लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ ।

कोभिड –१९ का विरुद्ध विद्यार्थी अभियान अन्तर्गत उक्त संगठनले स्वास्थ्य सचेतनामुलक ब्यानर टाँस्ने, सामाजिक संजालमा प्रचारप्रसार गर्ने, माक्स र सेनिटाइजर वितरण गर्ने अभियानलाई पनि निरन्तरता दिएको संगठनका नवलपुर जिल्ला अध्यक्ष श्रीराम बस्याल ‘स्वरुप’ले बताए ।