सम्पूर्ण विद्यार्थीलाई यथाशिघ्र कोरोना खोप उपलब्ध गराउन माग

बुटवल । चिकित्सा शिक्षा सङ्घर्ष समितिले बिनापक्षपात् सम्पूर्ण विद्यार्थीलाई यथाशिघ्र कोरोना खोप उपलब्ध गराउन माग गरेको छ ।

सङघर्ष समितिका संयोजक डा. प्रकाश चन्द र प्रवक्ता डा. नरेश भट्टद्धारा आइतबार  जारीे विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले MBBS र BDS का लागि मात्र खोप उपलब्ध गराएको विषयले सरकारले समग्र चिकित्सा शिक्षा अध्ययन गरिरहेका क्षेत्रको मर्म र भावनामा गम्भीर चोट पुर्याएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले पनि राज्यले मेडिकल अध्ययनजस्तो संवेदनशील क्षेत्रका विद्यार्थीका लागि कुनै विशेष कार्यक्रम नबनाउनु र नल्याउनु एउटा लज्जाको विषय हो ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘हिजो मात्र स्वास्थ्य मन्त्रालयले MBBS र BDS का लागि मात्र खोप उपलब्ध गराएको विषयले सरकारले समग्र चिकित्सा शिक्षा अध्ययन गरिरहेका क्षेत्रको मर्मर भावनामा गम्भीर चोट पुर्याएको छ । यस किसिमको गैरजिममेवार निर्णयलाई सच्याउँदै तुरुन्त सबै मेडिकल अध्ययन गरिरहेका ( MBBS, BDS, Nursing-B.sc, B.N, BMCT, BMIT, BPH, B-Pharmacy)  र अन्य शिक्षा लिइरहेका विद्यार्थीलाई यथाशिघ्र खोप उपलब्ध गराइसोस् । हामी सबै विद्यार्थी सङ्घ, संगठन र सरोकारवाला निकायको यस विषयमा गम्भीर ध्यानाकर्षण गराई चाँडोभन्दा चाँडो पहल लिन अनुरोध गर्दै यस विषयमा साथ दिने सम्पूर्णमा अपिल गर्दछौँ ।’