बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन

सुर्खेत । नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा बराहताल गाउँपालिका वडा नं. २ गिरिघाटमा रहेको २०७१ सालको बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा कारोना भाइरस, मौसमी फ्लु, रुघाखाकी, ज्वरो आउँ, पेटको समस्यालगायत रोगबाट पीडित ६८ जनाको स्वास्थय परीक्षण गरिएको थियो । र लक्षणको आधारमा रोग पहिचान गरी विभिनन औषधी, ४५० थान मास्क र छ लिटर सेनिटाइजर निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका फिजियोथेरापिस्ट भूमिप्रसाद उपाध्याय र अहेव आशा सहकारीले सहजीकरण गरेका थिए । गणेश बोकटी, चरित्र बिष्टलगायत स्थानीय युवा स्वयमसेवकले स्वयमसेवी भूमिका निर्वाह गरेका थिए ।

वितरित औषधी र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधी व्यवसायी सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोगस्वरुप प्राप्त भएको महासङ्घले जनाएको छ ।