हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आइतबार कोरोना भाइरसको महामारीको कठिन परिस्थितिमा पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेक थिए । विश्वव्यापी रूपमा बढ्दो कोरोना महामारीमा रगत अभाव भएको हुँदा क्रान्तिकारीले रगत अभाव समस्या समाधानको लागि रक्तदान कार्यक्रम आयोजना गरेको अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानले जानकारी दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नयनले कोरोना भाइरसको महामारीको बेला सबै सचेत रहनुपर्ने र मानव सेवामा लाग्नुपर्ने बताउँदै रक्तदान कार्यक्रम प्रशंसनीय काम रहेको बताए ।
उक्त रक्तदान कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष विवेक घलान ‘अनिल’ ले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्य, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सेक्रेटरी वाटरको विशिष्ट आतिथ्य र मकवानपुर बहमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्ययको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा केन्द्रीय सामना परिवारका इन्चार्ज सरलको आतिथ्य, मकवानपुर जिल्ला पार्टीका सचिवालय सदस्य विक्रमलगायत नेता–कार्यकर्ताहरूको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन अखिल( क्रान्तिकारी) जिल्ला उपाध्यक्ष ललितले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्