Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग - Janabato

जनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग

विकलाई झूट्टा मुद्दा लगाएको भन्दै घोर निन्दा

जनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग

माघ ८, बुटवल । जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विक ‘दर्शन’ लाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पु¥याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी कार्यालय सचिव जानकी चौधरीले प्रेस विज्ञप्ति जारी गरी विकलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा रिहा गरिसकेको अवस्थामा पनि प्रहरीले पुनः गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर अछाम लगेको भन्दै घोर निन्दा एवम् भत्र्सना गरेकी छिन् ।

चौधरीद्वारा जारी विज्ञप्तिमा विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संयोजक विकलाई झूट्टा मुद्दामा नफसाउन र अनावश्यक दुःख नदिन पनि आग्रह गरिएको छ । 

प्रेस विज्ञप्तिजनपत्रकार सङ्गठन नेपालका संयोजक एवम् आजको संश्लेषण मासिकका कार्यकारीसम्पादक शेरबहादुर विक ‘दर्शन’ लाई काठमाडौँ जिल्ला प्रशासनले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेकोेप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मङ्गलबार सिडियो कार्यालयले साधारण तारेखमा रिहा गरिसकेको समयमा पनि प्रहरीले पुनः गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर अछाम लगेकोप्रति घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी गैरन्यायिक गिरफ्तार गरिएका संयोजक विकलाई बिनासर्त यथाशीघ्र रिहा गर्न जोडदार माग गर्दछौँ । विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी विकलाई झूट्टा मुद्दामा नफसाउन र अनावश्यक दुःख नदिन यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ ।