अर्घाखाँचीमा बाबुले गरे २ बर्षीया छोरीको हत्या

हत्याका आरोपित घिमिरे प्रहरी नियन्त्रणमा

अर्घाखाँचीमा बाबुले गरे २ बर्षीया छोरीको हत्या

माघ १३, सन्धिखर्क । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाडनम्वर २ झिर्रामा आफैँले जन्म दिएकी छोरीको बाबुले हत्या गरेका छन् ।

२४ वर्षीय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरी सृष्टि घिमिरेको डोरीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले जानाकारी दिनुभयो ।

पछिल्लो समयमा श्रीमतीसँगको झगडाले उग्ररूप लिएपछि श्रीमती माइती घरमा बस्दैँ आएको आफन्तको भनाइ छ । बाबुसँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरीले जनाएको छ । हत्याका आरोपित घिमिरे प्रहरी नियन्त्रणमा रहेको प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।