Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवलमा पौडेलद्धारा ३ वटा पुल उद्घाटन - Janabato

बुटवलमा पौडेलद्धारा ३ वटा पुल उद्घाटन

पौडेलद्धारा राजनीतिक स्वामित्व लिने प्रयास

बुटवलमा पौडेलद्धारा ३ वटा पुल उद्घाटन

माघ १४, बुटवल । बुटवल उपमहानगरपालिका भित्रै बुधवार तिनवटा ठूला पक्की पुलको उद्घाटन गरिएको छ । तिनाउ नदिमा निर्माण गरिएका देविनगर पुल र बुटवल र तिलोत्तमा नगरपालिकाको सिमाक्षेत्र मगरघाट पुल संगै दानव नदिमा निर्माण गरिएको नयांगाउं पुलको बुधवार उद्घाटन गरिएको हो ।

तिनवटै पुलको अर्थमन्त्री एवं नेकपा नेकपा(नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले समुद्घाटन गरेका हुन् । तिनाउ नदिले विभाजन गरेको बुटवललाई जोड्ने गरि निर्माण गरिएका पुलले तिनाउ पारि र वारिको आवतजावतलाई छोट्याएका छन् ।०७३ साल साउन ११ गते तिनाउ नदिमा आएको बाढीले देविनगरस्थित हात्तिसुढदेखि बुद्धनगर जोड्ने झोलुङगे पुल बगाएपछि पक्की पुल निर्माण शुरु गरिएको थियो ।

यो पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । १ सय १० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी/अरनिको/एसियाटिक जेभीले ठेक्का सम्झौता गरि निर्माण सम्पन्न गरेको हो ।सडक डिभिजन कार्यालय बुटवलको जिम्मेवारीमा निर्माण गरिएको यो पुलको निर्माण कार्यभने २०७६ माघ ५ गते नै सम्पन्न भई प्रयोग गरिदै आएको थियो ।

त्यस्तै तिनाउ नदीमा रहेको मगरघाट पुल पनि २०७६ माघ २८ गते सम्पन्न भई प्रयोग हुंदै आएको छ । २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुल २०७३ असार २९ गते निर्माण शुरु गरिएको थियो ।१ सय ८० मिटर लम्बाई र ११ मिटर चौडाईको कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको यो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिए । यो पुलको जिम्मेवारी भने पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

त्यसैगरी नयांगाउंस्थित दानव नदीको पुल पनि बुधवार उद्घाटन गरिएको छ । ६ करोड ६५ लाख लागतमा निर्माण भएको पुलको निर्माण कार्य २०६९ असार २४ गते शुरु गरिएको थियो ।स्थानीयको विवादका कारण लामो समय अलपत्र परेका कारण यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको थियो । लुम्बिनी बिल्डर्सले निर्माण गरिएको यो पुल ९८ दशमलव २५ मिटर लम्बाई र ७ दशमलव २ मिटर चौडाई रहेको छ ।

यस्तै अर्थमन्त्री पौडेलले लामो समयदेखि बिस्तार हुन नसकि रोकिएको बेलहिय बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल राजमार्ग चौराहदेखि चिडियाखोला सम्मको सडक बिस्तारको पनि शुभारम्भ गर्दै छन् ।

samayachakra