जनयुद्व दिवसको पूर्वसन्ध्यामा नेकपाद्धारा देशैभर मसालजुलुस

देशभरका विभिन्न जिल्लामा मसालजुलुस

जनयुद्व दिवसको पूर्वसन्ध्यामा नेकपाद्धारा देशैभर मसालजुलुस

माघ ३०, बुटवल । नेपाल कम्युनिष्ट पार्टी र सो पार्टी निकट विभिन्न भातृ संगठनहरूले २६ औं महान जनयुद्व दिवसको पूर्वसन्ध्यामा देशभरका विभिन्न जिल्लामा मसालजुलुस निकालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाले पूर्वि कमाण्ड अन्तरगत सुनसरी गाउँपालिका, थवाङ लगायत अन्य ठाउँमा, नेपाल कम्युनिष्ट पार्टी अछाम, चितवन, कैलाली, दाङ, झापा, गोर्खा, धनकुटा, सल्यान, रूकुम, प्युठान र अखिल (क्रान्तिकारी) जाजरकोट, कास्की, गोर्खा लगायत अन्य जिल्लाले मसालजुलुस निकालेको समाचार प्राप्त भएको छ ।

त्यस्तै युवा संगठन नेपाल बाँके, कंचनपुर, लुम्बिनी ब्युरो अन्तरगत गुल्मीको धुर्कोट, पाल्पाको तिनाउ, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको ३ स्थान – शिवराज नगरपालिकाको हल्लानगर, बाणगंगा नगरपालिकाको बनगाई, कपिलवस्तु नगरपालिकाको पचेहरा रूपन्देहीको मुर्गिया चोक र अर्घाखाँची लगायत अन्य जिल्लाका विभिन्न ठाउँमा मसालजुलुस निकालिएको नेकपा स्रोतले जानकारी दिएको छ ।