Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर प्रहरीद्धारा पक्राउ - Janabato

नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर प्रहरीद्धारा पक्राउ

फिल्टरलाई प्रहरीले बेनी लैजादै

नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर प्रहरीद्धारा पक्राउ

फागुन १३, म्याग्दी । नेकपा मुस्ताङ इन्चार्ज फिल्टर प्रहरीले पकाउ गरेको छ । पार्टी कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेलामा प्रहरीले पक्राउ गरेको हो । 
इन्चार्ज फिल्टरलाई म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट दिउँसो ४ : ३० मा प्रहरीले पक्राउ गरेको हो । इन्चार्ज फिल्टर गाउँपालिकाको एक विद्यालयमा शिक्षक कर्मचारीहरुसँग छलफल गरिरहेको बेला प्रहरीले पक्राउ गरेको बताइएको छ । 

उनलाई अहिले बेनी ल्याउदै गरेको बताइएको छ । सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तार र जेल हिरासतमा राख्दै आएको छ । केही अगाडी रणनीतिक संयुक्त मोर्चाको बुटवलमा भएको जनसभालाई सम्बोधन गरी फर्कदै गर्दा नेकपाका नेता एवं मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसाललाई बुटवलबाट पक्राउ गरेको थियो भने नेकपाका केन्द्रीय कार्यालय सदस्य धर्मेन्द्र वास्तोलालाई ललितपुरबाट पक्राउ गरेको थियो । बास्तोलालाई केही दिन अगाडी सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएपनि अदालत परिसरबाट अपमानपूर्वक अछारपछार गर्दै प्रहरीले गिरफ्तार गरेको थियो । 

नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी विरुद्ध देश विदेशबाट सरकारको क्रियाकलाप विरुद्ध सर्वत्र विरोध गर्दै निशर्त रिहा गर्न माग हुँदै आएको छ ।