फागुन १८, बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ ।
सम्मान तथा भेटघाटको क्रममा रूपन्देहीमा नेकपाले महान जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेको छ । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा नेकपाले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको नेकपा रूपन्देहीले बताएको छ ।
भेटघाट तथा सम्मान कार्यक्रममा नेकपा रूपन्देहीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले सम्बोधन गर्दै जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको र उनीहरूका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए ।
फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।
सम्बन्धित खवर
वलीले बैशाखमा चुनाव गर्न सक्दैनन् : भुसाल
जनपत्रकार संगठन नेपाल अछामको प्रथम भेला
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्