फागुन २२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सरकारले पार्टी र जनतामाथि लगाएको प्रतिबन्धित फुकुवा गरेको ऐतिहासिक उपलक्ष्यमा हेटौंडामा विजय जुलुस निकालेको छ।
वर्तमान सरकार चौतर्फी तवरले नाङ्गिँदै गएपछी केही सीप लागेन। जसको कारण वार्ता गर्ने एउटा परिस्थिति सिर्जना भयो। वातावरण बन्दै गयो। अन्त्यमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच तीनबुँदे सहमती पत्रमा हस्ताक्षर भयो।
१. प्रतिबन्ध फुकुवा गर्ने,
२. बन्दी बनाइएका नेता कार्यकर्तालाई रिहाई गर्ने,
३. सबै झुठा मुद्दाहरु खारेज गर्ने।
यसरी तीनबुँदे सहमती पत्रमा हस्ताक्षर भैसकेपछी नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध लगाई दमन गर्ने सरकारको नीतिमाथी शान्तिपुर्ण ढङ्गबाट एक ऐतिहासिक जीत हासिल गरेको छ। यो जीत आम नेपाली जनताको जीत हो। यहि खुसिको उपलक्ष्यमा मकवानपुरको हेटौंडामा पनि विजयको जुलुस निकलिएको थियो। फोरेष्ट्री गेटबाट सुरु भएको र्याली जुलुस बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको थियो।
उक्त कोणसभाको सम्बोधन गर्दै नेकपा मकवानपुरका जिल्ला इन्चार्ज क.राम बहादुर घलान 'जमिन' र सेक्रेटरी क.सुर्य अर्याल 'अटल'ले हिजो दस वर्षे जनयुद्दाको दौरानमा थकित भइ चौतारीमा बिसाइराखेका आम नेपाली जनताको माग, मुद्दा र एजेन्डाहरु उठाइरहँदा, जनताको पीडा पोखाइरहँदा, जनताको आवज बोलिरहँदा नेपाल सरकारले २०७५ साल फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगाएर दमनकारी नीति लिइएको थियो। यस प्रकारको नीतिमार्फत नेपालमा उदाउन लागेको कम्युनिस्ट आन्दोलन निस्तेज पार्न खोजेको थियो। तर यस कार्यमा राज्य सरकार असफल भयो र अन्त्यमा हाम्रो पार्टीलाई वार्तामा बोलाउन बाध्य भएको बताएका थिए ।
कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष क.विवेक घलानले कार्यक्रम सन्चालन गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्