भ्रष्टाचार (अपराध) जारी नै रहे उच्चस्तरको कारवाही हुने गोइतको चेतावनी

‘औपनिवेशिक शासनबाट मुक्त नहुन्जेल लडिरहने’ गोइतको उद्घोष

भ्रष्टाचार (अपराध) जारी नै रहे उच्चस्तरको कारवाही हुने गोइतको चेतावनी

चैत १, बुटवल । तराई मधेशमा लामो समयसम्म सशस्त्र संघर्ष गर्दैै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लहानमा आइतबार गराएको विस्फोटपछि भ्रष्टाचार (अपराध) जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारवाही हुने उनले चेतावनी दिएका छन् ।

विगत १५ वर्षदेखि तराई मधेशमा आन्दोलन गरिरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले आफ्नो प्रभाव देखाउनकै लागि लहानमा आइतबार विस्फोट गराएको प्रस्ट पारेको छ ।

माओवादी शान्ति प्रकृयामा आएपछि जयकृष्ण गोइतले सशस्त्र संघर्ष सुरु गरेका थिए । उनको संगठनबाट थुप्रै व्यक्तिहरु अलग भएर आ–आफ्नो संगठन बनाएर केही समय क्रियाशील रहे भने उनीहरुमध्ये सबैजसो सरकारसँग वार्ता गरेर सशस्त्र संघर्ष त्यागिसकेका छन् । तर गोइत अझै भूमिगत भएर सशस्त्र आन्दोलन गरिरहेका छन् ।

आइतबार लहानमा भएको विस्फोटपछि विज्ञप्ति जारी गर्दै गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको दर्जामा राखेको जनाएका छन् । तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा कारवाहीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उनले उल्लेख गरेका छन् ।

भ्रष्टाचार (अपराध) जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारवाही हुने उनले चेतावनी दिएका छन् । ‘सुगौली सन्धिद्वारा तराई नेपाली शासनबाट मुक्त भएको इतिहासको एउटा महत्वपूर्ण अध्याय हो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो  आपत्तिलाई बेवास्ता गर्दै नेपालद्वारा सुगौली सन्धिको आधारमा सीमा निर्धारित गरी हालै प्रकाशित गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा हाम्रो स्वतन्त्र तराई राष्ट्र, मेचीदेखि महाकालीसम्म र महाभारत पर्वत श्रृंखलादेखि भारतको सीमानासम्मको भू–भागलाई समावेश गरिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन स्वतन्त्र गठबन्धनको नेतृत्व गरेका सिके राउत, नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका विप्लवसँग वार्ता गरेर उनीहरुलाई मूलधार ल्याएपछि देशमा अब कुनै अतिवाद तथा सशस्त्र द्वन्द्व नरहेको घोषणा गरेका थिए ।