चैत १, बुटवल । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउसो भएको बम विस्फोटमा ८ जना घाईते भएको विवरण प्राप्त भएको छ । घाईते मध्ये एक कर्मचारी, एक लेखापढी व्यावसायी र ६ सेवाग्राही छन् ।
घाईतेको विवरण :
१) शिव कुमार यादव, नायब सुब्बा (बिष्णपुर गाउँपालिका, सिरहा)
२) भोला बहादुर मगर, लेखापढी व्यवसायी
३) लक्ष्मी राना (३५), गोलबजार नगरपालिका ६ सिरहा
४) बेचनी मगर, गोलबजार नगरपालिका ६ सिरहा
५) लाल बहादुर बिश्वकर्मा (५२), सिरहा नगरपालिका १६
६) फूलकुमारी ठाकुर (३८), गोलबजार, सिरहा
७) बद्रिनारायण यादव (५४), भगवानपुर गाउँपालिका, सिरहा
८) दिनेश भण्डारी (३५), धनगडीमाई नगरपालिका ४ सिरहा
घाईते ८ जनामध्ये सोही कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई एम्बुलेन्समार्फत विराटनगर लगिएको छ भने सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
संघीय सरकारका कानूनमन्त्री लिलानाथ श्रेष्ठले आफैले पहल गरी हेलिकप्टर मगाएका थिए । उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घाईतेहरुको उपचारमा कुनै समस्या नहुने पनि बताएका छन् ।
विस्फोट जयकुष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाले गराएको छ । सो समूहको घटनास्थलमा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्