बुटवल । नेकपाका महासचिव विप्लवले पार्टीका पुर्व केन्द्रीय सल्लाहकार, पुर्व केन्द्रीय सदस्य रोल्पा निवासी पूर्णबहादुर रोका ‘गोरे दाई’को निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
मङ्गलबार ७३ वर्षको उमेरमा निधन भएका ‘गोरे दाई’प्रति श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनका एक अभिभावक पूर्णबहादुर रोका ‘गोरे दाई’ को निधनले आफू स्तब्ध र दःखी भएको बताएका छन् । गोरे दाई नेपाली क्रान्तिको किल्ला रोल्पा थवाङ मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलनकै एक महत्वपूर्ण धरोहर भएको भन्दै विप्लवले आजिवन क्रान्ति र मुक्ति आन्दोलनमा निरन्तर अविचलित व्यक्तिको निधनले आफ्नो पार्टी र समग्र आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्