ललितपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) ललितपुरले कोरोना महामारीको कारण दैनिकी जिवनमा समस्या भोग्दै आएका विद्यार्थीहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
क्रान्तिकारीले कोरोना महामारीको बेला ललितपुर जिल्लाको मदन स्मारक कलेजमा अध्यनरत विद्यार्थीहरुलाई खाद्यान्न एवं स्वास्थ्य सामाग्री वितरण गरेको अखिल (क्रान्तिकारी) ललितपुरले जनाएको छ ।
खाद्यान्न तथा स्वास्थ्य सामाग्री क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश सुनार ‘अग्रीम’द्वारा मदन स्मारक कलेजका प्रध्यानाध्यापक गोबिन्द पौडेललाई हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी तथा मदन स्मारक कलेजका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश डङ्गोल, क्रान्तिकारीका जिल्ला उपाध्यक्ष निगम भन्डारी, सचीव मान बहादुर तिरुवा, जिल्ला सदस्य युनिकलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सम्बन्धित खवर
नेपाल कम्युनिस्ट पार्टी सामाजिक कार्यमा सक्रिय
महासचिव विप्लवकी आमाबारे गलत समाचार सम्प्रेषण
नेकपा दाङद्धारा जनश्रमदान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्