कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा सम्पन्न

कास्की । नेकपा कास्कीले जनयुद्वका सहिद बिजयराज बास्तोला ‘अजित’को १७ औं स्मृति सभा सम्पन्न गरेको छ । बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै नेकपा कास्कीले उहाँको घरमा पुगी स्मृति सभा सम्पन्न गरेको हो ।

जनयुद्वमा तत्कालिन शाही नेपाली सेनाद्वारा अन्य साथिहरु सहित गिरफ्तारपछि अजितलाई निर्मम हत्या गरेको थियो । २०६१ साल असार १६ गतेका दिन उहाँको हत्या भएको हो ।

सहिद बिजयराज बास्तोला बाबु कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्ध गाविस १, टाकान्जा कास्कीमा जन्मनु भएको हो । उहाँका श्रीमती खिमादेवी बास्तोला, भाई उदयराज बास्तोला, दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरु पवित्रा र अस्मिता बास्तोला हुनुहुन्छ ।

अजित जनयुद्वकालमा २०५६ जेठ १ गते देखि पार्टीको पुर्णकालिन कार्यकर्ता हुनुहुन्थ्यो । पार्टीको योजनामा उहाँ पश्चिम रोल्पा, रुकुमसम्म अभियान कर्मीको हैसियतमा सहभागीता जनाउनु भएको थियो भने साहादत समय नेकपा (माओवादी )ईलाका पार्टी सदस्यको भूमिकामा रहेर काम गर्दै आउनुभएको थियो ।