विद्यार्थी नेता शाहीलाई यथाशिघ्र रिहा गर : अखिल (क्रान्तिकारी)

शाहीको गिरफ्तारी विरुद्ध अखिल (क्रान्तिकारी) को कडा आपत्ति

विद्यार्थी नेता शाहीलाई यथाशिघ्र रिहा गर : अखिल (क्रान्तिकारी)

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबि शाहीको गिरफ्तारीप्रति सङ्गठनले कडा आपत्ति जनाएको छ  । अखिल (क्रान्तिकारी) भेरी कर्णाली समन्वय समितिका संयोजक हर्कबहादुर विकले प्रेस विज्ञप्ति जारी गरी शाहीलाई घरबाटै बाँके प्रहरीले बिनाकारण गिरफ्तार गरी झुटो मुद्धाको षड्यन्त्र गरिरहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, हाम्रो सङ्गठनका बााके जिल्ला अध्यक्ष डिबि शाहीलाई घरबाटै बाँके प्रहरीले बिनाकारण गिरफ्तार गरी झुटो मुद्धाको षड्यन्त्र गरिरहेकोप्रति हाम्रो सङ्गठन कडा आपत्ति प्रकट गर्दै प्रहरी प्रशासनको पुर्वाग्रही रवैयाको घोर निन्दा गर्दछ । उहाँलाई ससम्मान निःशर्त रिहाईको लागि हाम्रो सङ्गठन जोडदार माग गर्दछ । प्रहरी प्रशासनले शक्तिको दुरुपयोग गरी हाम्रो सङ्गठनलाई उत्तेजित बनाउने काम नगरेस् भन्ने चेतावनी दिन चाहन्छौँ । अनयथा चरणबद्धरुपमा कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न हाम्रो सङ्गठन बाध्य हुने समेत चेतावनी दिन चाहन्छौँ ।’

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति सरकारले इमान्दापूर्वक कार्यान्वयन नगरेको भन्दै नेकपाका नेता–कार्यकर्ताहरू असन्तुष्ट भएको अवस्थामा शाहीको गिरफ्तारीले के प्रस्ट पार्दछ भने– ‘राज्य तीन बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गम्भीर छैन ।’