बुटवल । कलाकार शिशिर भण्डारीले गीत 'फोटो फिरीममा २ रुमाल चिनो छ' युट्युबबाट हटाएका छन् l केही दीन अगाडी लोक दोहोरी गीत 'औँठी चिनो छ' सँग लय मिल्न गएको भन्दै उनी माथि गीत चोरीको आरोप लागेको थियो l शिशिरले एक भिडियो निर्माण गर्दै गीतको लय जुध्न गएकोमा माफी समेत मागेका छन् । र युट्युबबाट हटाइसकेको समेत जानकारी दिएका छन् । भिडियोमा शिशिरले जानीजानी आफैले गीतको शब्द र लय नजुधाएको तर कहीँकतै जुध्न गएकोमा क्षमा समेत मागेका छन् ।
शिशिरकै कथा/ निर्देशन शब्द, संगीत रहेको गीतमा आवाज प्रताप दास, रचना रिमाल र कुमार अभिको रहेको थियो l भने, दोहोरी गीत 'औँठी चिनो छ' मा चाही गायक राजु परियार, बिमा कुमारी दुरा र सूर्य कुमार छेत्रीको आवाज समावेश छ l
शिशिर भण्डारी पछिल्लो समयका चर्चित संगीतकार तथा समाजिक अभियन्ता हुन् ।
Tags :
सम्बन्धित खवर
मगर संस्कृति चिनाउने चलचित्र मिर्ही
५ वर्ष अगाडि
आजबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्