Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ - Janabato

नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीलको झुटआरोप

नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

फागुन १७, धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी–सर्लाही इन्चार्ज कमल बहादुर सुस्लिङलाई प्रहरीले पक्राउ गरेको छ ।

जनभेटघाट पछि बाटोमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले आइतबार साझ गैरन्यायिक तरिकाले पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले पक्राउ गरेका सुस्लिङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । सुस्लिङले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीले झुट आरोप लगाएको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सयौ नेता तथा कार्यकर्ताहरू जेल र हिरासतमा बन्दी रहेका छन ।